मिनी टिपरको ठक्करले भक्तपुरमा १८ महिने बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १, भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका ९ स्थित जय ब्रम्हायणी इँट्टाभट्टामा माटो बोक्ने मिनी टिपरले शनिबार बिहान ठक्कर दिँदा १८ महिने बालकको मृत्यु भएको छ ।

बा ५ ख ७९७१ नम्बरको मिनी टिपरले सर्लाही घर भई हाल सोही इँट्टाभट्टामा काम गर्ने ईश्वर मोक्तानका १८ महिने छोरा शिशिर मोक्तानलाई ठक्कर दिई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ थप सोधपुछ गरिरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस