कोरोना नियन्त्रण गर्न जुनसुकै ठाउँमा स्वास्थ्यकर्मी परिचालन गर्न सक्ने

चैत्र १, काठमाण्डौ । कर्मचारी समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका कर्मचारीलाई संघीय सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफू अनुकूलको हिसाबले जुनसुकै ठाउँमा परिचालन गर्न सक्ने भएको छ । नोबल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि समायोजनबाट स्थानीय तहसम्म पुगेका स्वास्थ्यकर्मीलाई आवश्यकताको हिसाबले जुनसुकै ठाउँमा परिचालन गर्न सक्ने निर्णय उच्चस्तरीय समितिको बैठकले गरेको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गठित समितिले कोरोना नियन्त्रणका स्थानीय तथा प्रदेश तहअन्तर्गत खटिएका स्वास्थ्यकर्मीलाई संघ मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले तानेर काम लगाउन सक्ने निर्णय गरेको हो । तर, कर्मचारीलाई संघमा ल्याउँदै गर्दा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गर्ने पनि निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विश्वव्यापी महामारीको असर नेपालमा पनि देखिन सक्ने रहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply