बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र १, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १, बैतडी । बैतडीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका २ टाँडीखर्ककी १२ वर्षीया निर्मला मडै रहेकी प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ४ बजेतिर गाईगोरु चराएर घर फर्कंदै गरेको अवस्थामा निर्मलालाई चट्याङ लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए । घरबाट करीब ६ सय मिटर पर रहेको जंगलमा निर्मलाको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस