कोराना विरुद्धको रणनीति बनाउन सार्क राष्ट्र प्रमुख एकजुट : भिडियो कन्फरेन्स मार्फत आइतबार छलफल गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । विश्वव्यापी महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड –१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका प्रमुखहरूबीचको छलफल आइतबार हुने भएको छ । सो छलफल भिडियो सम्मेलन हुन लगेको हो । सार्क सचिवालयका अनुसार आइतबार साँझ ५ः०० बजे सिंहदरबारमा सार्क भिडियो कन्फरेन्स गर्न लागिएको हो । जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायको बारेमा गम्भिर छलफल गर्नेछन् ।

भिडियो कन्फरेन्समा उठान हुने मुख्य बिषय कोरोना भाइरस रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र ममिला सल्लाहकार डा।राजन भट्टराईले बताए । उनले भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव अनुसार सबै सार्क राष्ट्र प्रमुखहरुले भिडियो कन्फरेन्समा सहभागिता जनाउनेछन् । भारतबाट भएको सो प्रस्तावमाथि सार्कको अध्यक्ष राष्ट्रको प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट आफ्नो राय भिडियो कन्फरेन्समा व्यक्त गर्नेछन् । “हामीले गरेका अनुभवहरुको आदानप्रदान गर्ने र अब कसरी अगाडि बढ्नुपर्छ भन्ने बिषयमा साझा धारणा बनाउने र कसरी सामना गर्ने भन्ने बारेमा निष्कर्ष भिडियो कन्फरेन्सले निकाल्नेछ,“उनले भने ।

सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस नियन्त्रणका लागि डिजिटल सञ्जाल ट्विटरबाट एकसाथ प्रतिवद्धता जनाएका थिए । यस्तै अन्य सदस्य राष्ट्रका प्रमुखहरूबाट पनि त्यस प्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस