मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ जेष्ठ ७, सोमबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ ७ मोरङ । मोरङको केराबारी गाउँपालिकामा जनप्रतिनिधिले चलाएका तीनवटै क्रसर उद्योग मापदण्ड विपरीत रहेको फेला गरेको छ ।

केराबारी गाउँपालिकाअन्तर्गत पर्ने खदम खोलामा महादेव क्रसर उद्योग, कृष्ण क्रसर उद्योग र ओम क्रसर उद्योग सन्चालनमा छन् । केरावारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, ३ नम्बर वडाका अध्यक्ष भक्त श्रेष्ठ, ८ नम्बर वडाका जंग भुजेल र १० नम्बर वडाका अध्यक्ष मनोज खड्काले ती क्रसर उद्योग सञ्चालन गर्दै आएका छन् ।

अनुगमनको क्रममा क्रसर उद्योग सञ्चालनका लागि अनुमति दिएको भन्दा फरक स्थानबाट सन्चालन गरेको पाइएको छानविन समितिकी संयोजक सुशीला श्रेष्ठले जानकारी दिइन् ।

‘उद्योग सञ्चालन अनुमति लिने क्रममा कार्यालयमा पेश गरेको जमिनको कित्ता नम्वर लगायतका कागजपत्र अनुसार अनुगमन गर्न जाँदा उल्लेखित स्थानमा उद्योग भेटिएन, बरु खोलाको छेउमा र अनुमति लिएको भन्दा फरक ठाउँमा उद्योग फेला परेको छ,’ श्रेष्ठले भनिन् ।

जिल्लाका विभिन्न खोला र बस्ती नजिक निर्धारित मापदण्ड पूरा गरे-नगरेको बारेमा छानविन गरी प्रतिबेदन बुझाउन केही दिनअघि बिषयगत कार्यालयका प्रतिनिधि सम्मिलित एक समिति गठन गरिएको थियो । प्राविधिक सहितको छानविन समितिलाई स्थलगत अनुसन्धान गरी प्रतिबेदन बुझाउन म्यान्डेट दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको पहलमा गठित समितिमा नापी कार्यालयको अमिनसहितको टोली सम्मिलित छ । छानविनको लागि जेठ महिनाभरको समय सीमा समितिले पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस