एक बर्षको बैँकको ब्याज र घरभाडा मिनाहा गर्न ठमेल पर्यटन विकास परिषदको माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • १०६ पटक पढिएको
Post Thumbnail

चैत्र ४,काठमाडौँ । ठमेल पर्यटन विकास परिषदले विश्वभरी आतंक फैल्याइरहेको कोभिड–१९ (कोरोना भइरस) का कारण पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै घरभाडा तथा बैँक ब्याज मिनाहा गरिदिन सरकारसंग अपिल गरेको छ । परिषदले १ बर्ष सम्मको घरभाडा मिनाहा गर्न र बैँकबाट लिएको ऋणको ब्याज १ बर्षसम्म मिनाहा गरिदिन माग गरेको हो । मंगलबार ठमेलमा एक कार्यक्रम गरी परिषदले नेपालमा भित्रने पर्यटक मध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेकामा हाल शुन्य अवस्थामा रहेकोले सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएको छ ।

ठमेल पर्यटनले बार्षिक अर्बौ रुपैया कर तिरेको बताउदै अहिलेको महामारीले व्यवसाय चौपट भएको परिषदका महासचिव ध्रुव अधिकारीले बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश सांसद राजिव पहारीले सरकारले नै पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेकोले त्यही अनुसार राज्यले विपदमा अभिभावकको जिम्मेवारी लिन आग्रह गरे । उनले भने– ‘सरकारले नेपालमा भिजिट २०२० घोषणा गरेपछि त्यही अनुसार व्यवसायीले लगानी गरे, तर आज कारोना भाईरसको कारण पर्यटन क्षेत्र शुन्यमा पुग्यो । जसका कारण सम्पुर्ण पर्यटन व्यवसायी आतंकित हुन पुगेका छन ।’

पहारीले भिजिट २०२० को अवसरमा अन्य व्यवसायीलाई राज्यले लगानी गर नभनेको तर पर्यटन व्यवसायीलाई लगानी गर्नु भनेकै कारण लगानी गरेको बताए । सोही कारण राज्यले पर्यटन क्षेत्र र अन्य क्षेत्रलाई एउटै डालोमा हालेर दृष्टिकोण बनाउन नहुने बताए । सबैजना राज्यमा लबिङ गर्न लागिरहेको अवस्थामा पर्यटन व्यवसायी एकजुट हुनपर्ने नेता पहारीको भनाई थियो । ठमेल पर्यटन परिषदका उपाध्यक्ष राजुमान श्रेष्ठले सम्पुर्ण पर्यटन व्यवसायी एक भएर अघि बढेमात्रै सरकारले आवाज सुन्ने बताए । उनले ठमेलको पर्यटन क्षेत्रले राज्यलाई नै चिनाएको र आर्थिक योगदान गरेका कारण सरकारले हलुका भएर सोच्न नहुने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले घर भाडा व्यवस्थापनमा सरकारले तत्काल पहलकदमी लिनुपर्ने बताए । उनले भने– ‘हामी घरभाडा वा बैँकको ऋण तिर्न तयार छौँ , तर राज्यले उचित कदम चाल्न पर्यो । कम्तीमा ३ देखी ६ महिनासम्म घरबेटीले तनाव दिन भएन् ।’ उनले सबैभन्दा प्रभावित काठमाडौ , अझै ठमेलमा पर्यटन शन्यू रहेको बताउदै ठमेल रिभाइब गर्न जरुरी रहेको बताए । सापकोटाले सरकारले अनुरोध गरे होटललाई क्वारेन्टाइन बनाउन तयार रहेको बताए । कोरोना नियन्त्रण गर्न राज्यले कडा निर्देशन जारी गर्न जरुरी रहेको उनको भनाई थियो ।

व्यवसायी सागर पाण्डेले पर्यटन व्यवसायीले यो समस्या लामो समय रहने देखिएको बताए । उनले पर्यटन व्यवसायलाई टिकाउन ऋणको व्यवस्थापन र क्यासको फलो नै अहिलेको आवश्यकता रहेको औल्याए । यसैगरी पर्यटन व्यवसायी ऋषि भण्डारीले कोरोना भाईरसको सन्त्रासले नेपालको पर्यटन क्षेत्र फेरी एकपटक नराम्ररी प्रभावित भएको बताए ।

ट्रेकिङ इक्युपमेन्ट व्यवसायी बद्री प्रसाद अर्यालले बैंकले किस्ता तिर्ने, ब्याज तिर्ने सवालमा बैँकले खुकुलो नियम बनाइदिन पर्ने बताए । व्यवसायीलाई सहुलियत सुविधा दिनुपर्ने व्यवसायी  छियुङ गुरुङको भनाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस