विवाहका लागि माग्न आएका युवासँग ८० पुस्तक मागियो !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । पढ्नु भनेको के हो र मानिसलाई पढ्न कति चाहना हुन्छ भन्ने कुरा प्रष्ट्याउने एउटा उदाहरण बाहिर आएको छ । प्रसंग केरलाको हो । त्यहाँ एक युवतीले विवाह गर्ने युवासँग उपहारका लागि ८० किताबको माग राखेकी छिन् । उनको यो कुराले अहिले सामाजिक सन्जालमा निकै ठूलो प्रशंसा पाइरहेको छ ।

अजना नाजिमले २६ वर्षका सिभिल इन्जिनियर इजाज हाकिमसँग विवाह गर्दा यो डिमान्ड गरेकी हुन् । उनको सर्तअनुसार हाकिमले उनलाई ९६ किताब दिएर भेट गरेका थिए । मुस्लिम समुदायमा विवाह पहिले युवतीले केही न केही माग्ने प्रचलन । अजनाले विवाहका लागि युवा माग्न आउँदा आफ्नो बेडरुममा एउटा लाइब्रेरी हुनु पर्ने माग पनि राखेकी थिइन् । त्यहीअनुसार उनको लाइब्रेरी पनि बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस