धादिङ थाक्रे रानीवारीका रण बहादुर थापा : सौतेनी आमाको हत्या गरेको १८ वर्षपछि समातिए !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ चैत्र ५, बुधबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

चैत्र ५, थाक्रे । सौतेनी आमाको हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या भएको १८ वर्षपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले धादिङ थाक्रे गाउँपालिका वडा नम्वर ६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई पक्राउ गरेको हो । घटना भएको समयमा थापा ४० वर्षका थिए ।

२०५८ माघ १० गते थापाको बुवा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। माघ १४ गते रण बहादुर थापाले अंश सम्बन्धी विवादकोकारण आफ्नै सौतेनी आमा साईली थापालाई आफ्नै घर भित्र घाँटी थिची हत्या गरेका थिए । त्यसपछि थापा काठमाडौंमा लुकिछिपि बस्दै आएका थिए । पक्राउ परेका थापालाई व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको बिबरण :

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

मुद्दा शिर्षक कर्तव्य ज्यान
वारदात मिति र समयस्( २०५८।१०।१४ गते बिहान अं। ०९स्०० बजेको समयमा
वारदात स्थानस् जिल्ला धादिङ साबिक थाक्रे गा।बि।स। वडा नं। ३ रानीबारी हाल ऐ। थाक्रे गा।पा। वडा नं। ६ ।
कसुर गर्ने व्यक्तिको नाम,थर र ठेगाना
१। जिल्ला धादिङ साविक थाक्रे गा।बि।स। वडा नं। ३ रानीबारी हाल ऐ। थाक्रे गा।पा। वडा नं। ६ बस्ने वर्ष ५८ को संवजित थापाको जेठी श्रीमतीको छोरा कान्छा थापा भन्ने रण बहादुर थापा
घटनाको छोटकरी बिवरण मिति २०५८।१०।१४ गते बिहान अं। ०९स्०० बजेको समयमा जिल्ला धादिङ साविक थाक्रे गा।बि।स। वडा नं। ३ रानीबारीमा ऐ। बस्ने वर्ष ५८ को संवजित थापाको कान्छी श्रीमती वर्ष ६५ की साईली भन्ने माईली थापालाई आफ्नै घरमा कर्तव्य गरी मरेको अवस्थामा फेला परेको ।
जाहेरवाला जिल्ला धादिङ साबिक कल्लेरी गा।बि।स। वडा नं। २ हाल गल्छी गा।पा। वडा नं। १ बस्ने वर्ष ३७ को गोपाल पौडेल ।
पक्राउ मिति  २०७६।१२।०४ गते बिहान अं। १०स्०० बजेको समयमा ।
पक्राउ स्थानस्( जिल्ला धादिङ साबिक थाक्रे गा।बि।स। वडा नं। ३ रानीबारी हाल ऐ। थाक्रे गा।पा। वडा नं। ६ मा लुकिछिपी बसेको अवस्थामा ।
पक्राउ गर्ने कार्यालय  केन्द्रिय अनुसन्धान ब्युरो तथा जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त टोली ।
म्याद थप मिति  मिति २०७६।१२।०४ गते सम्मानित धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया शुरु गरिएको ।

ताजा अपडेट

खोजी गर्नुहोस