आजको मौसम : सामान्यतया सफा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र ६, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।

अपरान्हपछि मध्य र पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति देशभर सामान्यतया मौसम सफा रहनेछ । महाशाखाका मौसमविद् मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा भने दुई दिन वर्षा हुने छैन । बिहीबारको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८।५ डिग्री सेल्सियस रह्यो । अधिकतम तापक्रम २६ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस