‘कोराना नियन्त्रण गर्न निजी क्षेत्रले सरकारलाई सबै किसिमको साथ दिन्छ’ : व्यवसायी सुमार्गी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ६, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ६,काठमाडौँ । व्यवसायी अरुणराज सुमार्गीले नेपालमा (कोभिड–१९) कोराना नियन्त्रणको लागी निजी क्षेत्रबाट सबै किसिमको सहयोग रहने बताएका छन । उनले मुलुकमा आएको विपत्तीमा जुनसुकै बेलापनि साथ दिएको बताउदै आ–आफ्नो क्षेत्रबाट अहिले कोरोना भाईरस रोकथामको लागी पनि निरन्तर सरकारसंग सहकार्य गरिरहेको बताए । उनले अनलाईनकेन्द्रसंग कुरा गर्दै होटल व्यवसायीहरु आफ्ना होटललाई क्वारेन्टाईन बनाउन तयार रहेको उल्लेख गर्दै निजी क्षेत्र फराकिलो छाती बनाएर बसेको बताए । सुमार्गीले  सरकार भन्दा निजी क्षेत्र एक कदम अघि रहेको समेत बताए ।

केहीदिन अघि अर्थमन्त्रीको संयोजकत्वमा निजी क्षेत्रले छलफल गरेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई सरकारले संगै लैजान खोजेपनि सरकार आफै अलमलिएको बताए । उनले सरकारसंग कहाँ कसरी काम भईरहेको डाटा व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सुमार्गीले विपदमा कसैलाई काखा कसैलाई पाखा गर्न नहुनेमा जोड दिए । उनले संकटमा एकाध व्यवसायी कालोबजारीमा सक्रिय हुने भएतापनि यसलाई राज्यले नै नियन्त्रण गर्नुपर्ने बताए ।

सुमार्गीले त्यस्ता व्यवसायीलाई आन्दोलनको भिजिलान्तेको संज्ञा दिए । त्यस्ता व्यवसायीहरुलाई खोज्न नमिल्ने होईन यिनीहरु बजारमा नै हुने हुनाले सरकारले ६ महिनापछि कारवाही चलाउने नभई तत्काल एक्सन लिनुपर्नेमा जोड दिए । चुक्ली लगाएपछि मात्रै कालोबजारी देख्ने सरकारले बजारमा अव्यवस्था कसरी बढ्दैछ भन्नेकुराको ख्याल पहिल्यै गर्नुपर्ने सुमार्गीको धारणा थियो । सरकारले आफुसंग भएको संचितीको विषयमा आम नागरिकलाई सुचना दिनुपर्ने बताए । नागरिकले पनि वास्तविकता के हो नबुझि सामान थुपार्नतिर लाग्न नहुनेमा जोड दिए । विश्वका विकशित मुलुकमा समेत विपदमा अराजकता मच्चिने बताउदै हाम्रोजस्तो मुलुकमा सरकार सँधै चनाखो हुनुपर्ने बताए । सरकारको काममा निजी क्षेत्र सहयोद्धा बनेर साथ दिने उनको भनाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस