नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तथा लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ६, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई मध्येनजगर गर्दै सरकारले लागू गरेको नियमले विभिन्न कार्यक्रमहरू स्थगित भइरहेका छन् । यसै क्रममा २८ र २९ चैत्रका लागि तोकिएको महासंघको चुनाव पनि स्थगित भएको हो । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षा शेखर गोल्छाका अनुसार महासंघको चुनाव आगामी ७ र ८ जेठमा गर्ने गरी स्थगित गरिएको हो । उनले सरकारले कोरोना भाइरसबाट जोगिन २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेकाले चुनाव स्थगित गरिएको बताए ।

यसैगरी लोकसेवा आयोगले आउँदो चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्काे सूचना जारी नभएसम्मको लागि निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस