बेलबारीले २४ घन्टाभित्र १५ बेडको अस्थायी आइसोलेशन वार्ड तयार गर्ने

Post Thumbnail

चैत ६, मोरङ । बेलबारी नगरपालिकाले विश्वभरी नै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर १५ बेडको अस्थाई आइसोलेशन वार्ड तयार गर्ने भएको छ । बिहिबार बसेको कार्यपालिकाको बैठकले आइसोलेशन वार्ड तयार गर्ने निर्णय गरेको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । बैठक सकिएलगतै स्वास्थ शाखालाई २४ घन्टाभित्र आइसोलेशन तयार गर्न निर्देशन दिएको मेयर सुबेदीले बताए । वार्डमा आधा दर्जनबढी स्वास्थयकर्मी खटाइने मेयर सुबेदीले बताए । कोरोनाका लागि बेलबारी नगरपालिकाले प्रदेश एकमै पहिलोपटक यस्तो निर्णय गरेको बुझीएको छ । टोल-टोलमा सचेतना सम्बन्धि कार्यक्रम गरिने समेत उनले बताए । आइसोलेशन वार्डमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थ प्रतिष्ठान धरान तथा अन्य अस्पतालमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस