कोभिड–१९: पछिल्लो २४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ८, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६ सय २७ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट शनिबार बिहानसम्म २ लाख ७६ हजार संक्रमित भइसकेका छन् भने ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९१ हजार उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इटलीमा मात्र ४ हजार ३२ जनाको मृत्यु भएको छ भने इटलीपछि चीन दोस्रो स्थानमा छ । चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस