मुख्यमन्त्री पाखरेलको त्यो निर्देशन ! आधा दर्जन अस्पतालले नहेरेको बिरामी लुम्बिनीले हेरेपछि…..

Post Thumbnail

चैत्र ८,काठमाडौँ । प्रदेश–५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो।

ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन। तर तिनै अस्पताल कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको उपचार गर्न आनाकानी गरिरहेका छन्। ज्वरो र रुघाखोकी देखिएका बिरामीलाई अस्पतालले गेटबाटै फर्काएका छन्।

रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना गर्न नमानेपछि नवलपरासीको रामग्राम १६ हकुईका एक युवा ९ दिनपछि मुख्यमन्त्रीको निर्देशनमा लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको छ।

चैत २ गतेदेखि नवलपरासी, रुपन्देही र काठमाडौंका निजी तथा सरकारी अस्पताल चहार्दा पनि कसैले भर्ना लिन नमानेपछि बिरामीका छिमेकीले नवलपरासीका केही मिडियाकर्मीलाई सूचना पु¥याएका थिए। यो सूचना बाहिरिएपछि जताततै आलोचना भयो। मुख्यमन्त्री शंकर पोखरेलले यो सूचना थाहा पाएर उपचारका लागि दबाब दिएपछि बल्ल प्रादेशिक अस्पतालले ती युवालाई भर्ना लिएर उपचार थालेको छ। उनलाइ आइसोलेसनमा राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस