कोरोना संकट: यी घरबेटी बने महान ! तीन महिनाको भाडा छुट दिने घोषणा

Post Thumbnail

चैत्र ८,काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को कारण यतिबेला विश्व आक्रान्त छ । नेपालमा यतिबेला सम्म यो भाइरसको संक्रमणमा कोही परेको छैन । यद्यपी यस रोगबारे सजग र सर्तक हुन आवश्यक छ ।

कोभिड–१९ को संक्रमण नफैलियो भनेर सरकारले अन्तराष्ट्रिय सिमा नाकामा कडाई गरेको छ भने अन्तराष्ट्रिय उडान रोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनताको नाममा सम्बोधन गरेपछि राजधानी लगायत देशभर थप सर्तकता अपनाइएको छ । कोरोनाकै कारण सरकारले सबैतिर बिदा दिएपछि राजधानीबाट सर्वसाधारण गाँउ फर्किरहेका छन । कोहीले सटर तानेका छन भने कोहीले कोठामा साँचो लगाएर गाँउ हिँडेका छन । तर, काठमाडौँका चार परिवार भने कोठामा बसिरहेकै छन । उनिहरुलाई अबको तिन महिना घरभाडाको पिर छैन । कारण हो, घरबेटी हरिहर लामिछानेले भाडामा बस्नेलाई तीन महिनाको भाडा छुट दिने घोषणा गरेका छन् । मकवानपुरको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको आफ्नो घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने बताएका हुन् ।

देश संकटमा परेका बेला कोठा भाडामा बस्नेहरुलाई भाडामात्र छुट दिंदा पनि केही राहत होस् भनेर परिवारसँगको सल्लाह अनुसार भाडा नलिने निर्णय गरेको लामिछानेले अनलाईन केन्द्रलाई बताए । उनले आफु पनि भाडामा बसेर दुख भोगेर आएको बताउदै ‘दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्ने खोजेको बताए ।उनले भने–’ मैले कुनै प्रचारको लागि फेसबुकमा स्टाटस लेखेको होइन । छुट दिएर नै लेखेको हुँ ।’ उनले थपे, “मैले लेखेपछि सबैले सेयर गरिरहेका छन । मलाई यसले सकारात्मक सन्देश दिन्छ जस्तो लाग्छ । यस्तो सन्त्रास फैलिएको बेलामा यो मानवीयताको लागि मात्र गरेको हो ।” उनले भने । उनले सहजरूपमा मास्क उपलब्ध भए आइतबार ५ हजार थान मास्क बाड्ने योजनासमेत सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस