काठमाडौं । गायक अमर राईको स्वरमा रहेको नयाँ गीत चञ्चले नानीले सार्वजनिक भएको छ । गायक राइको सार्वजनिक ‘चञ्चले नानीले’ बोलको गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन् । भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा विल्सन शिल्पाको पछि परेका छन् ।
यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् । उत्तम हुमागाईंले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा गाउँको एक कथालाई प्रस्तुत गरेको र आफूले गीतमार्फत चञ्चले नानीको सुन्दरताको बयान गरेको गायक अमर राईले बताएका छन् ।