मेलिना राइको ‘शुभकामना’ मा अन्जली अधिकारी (भिडियो)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरर्स कोभिड–१९ै का कारण नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक छेत्रमा गीतहरु भने केहि संख्यामा सार्वजनिक भैरहेका छन् । यसै क्रममा ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको शुभकामना बोलको गीत सार्वजनिक गरेको छ ।

लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र बालकलाकार एरिक बी शाहको अभिनय रहेको छ । गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ ।

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले अरु पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने र यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता,दर्शक एबम मिडिया हाउसलाई प्रोपाइटर ईश्वर थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस