वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि

चैत १०, पर्सा । वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट नेगेटिभ भएको पुष्टि गरेको हो । उनका भाइ सुरेश रुङ्गटाले पनि राजेन्द्र प्रसाद इन्स्टिच्युट अफ् मेडिकल साइन्स अगामकौन पटनामा भएको परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको जानकारी दिए । यसअघि उनी ७ गते पटनाको पीएमसीएच अस्पतालमा भर्ना भएका थिए । आइतबार दिउँसो उनमा कोभिड १९ को सङ्क्रमण देखा परेको भन्ने समाचार सार्वजनिक भएपछि वीरगञ्जको जनजीवन एकाएक त्रसित भएको छ ।

रुङ्गटा आफन्तको विवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकाता गएका थिए । कोलकाताबाट दिल्ली हुँदै एक हप्ता अगाडि वीरगञ्ज आएका रुङ्गटालाई ६ दिनपछि ज्वरो आएको थियो ।

संम्बन्धित समचार

Leave a Reply