दुबै छिमेकी सँगका सीमामा यात्रु माथि रोक, ५० करोडको केन्द्रिय कोष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रिय कोष स्थापना गरेको छ । ५० करोड रुपियाँ राशि सुरुमा राखेर सुरु गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरुको एक महिनाको तलव जम्मा गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार विहान १० बजेबाट लागू हुनेगरी दुवै छिमेकी मुलुकका सम्पूर्ण नाकाबाट हुने यात्रु आवागमन एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । यद्यपि, सीमा वारपारको ढुवानी नियमित हुने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा।युवराज खतिवडाले सो जानकारी दिए ।

चीन र भारततर्फको यात्रु आवागमन स्थगन गरिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।खतिवडाले भने “यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षीय वार्ताबाट निर्णयमा पुग्नेछौ ।” उनले निर्वाचन लगायत अवस्थामा केहि दिनका लागि सीमा रोक्दै आएको अभ्यासकै निरन्तरताको रुपमा एक साताका लागि सीमाबाट यात्रु आवागमन स्थगित गरिएको स्पष्ट पारेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस