कोरोनाविरुद्ध लड्न भारतमा २१ दिने लकडाउन : १५ हजार करोड रुपैयाँको प्याकेज स्थापना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १२, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र १२, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न १५ हजार करोड प्याकेज समेत घोषणा गरेका छन्। मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो कोषणको घोषणा गरेका हुन् । राज्यका सरकारी सेवालाई पहिलो प्राथमिकता दिने बताएका मोदीले कोरोना भाइरस विरुद्ध लड्न पूर्वाधार विकासमा उक्त रकम खर्च हुने बताए ।

राज्य सरकारद्वारा लगाइएको लकडाउनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मोदीले यो एक रुपको कर्फ्यू नै भएको चेतावनी दिए। कोरोना भाइरस विरुद्धको लडाईंका लागि सबै जनताले घरमै बसेर सहयोग गर्न पनि उनले आग्रह गरे । देशले आर्थिक नोक्सान व्यहोर्नु परे पनि मानिसको जीवन बचाउने समय रहेको उनले बताए । सरकारले घोषणा गरेको प्याकेजको विस्तृत भने मोदीले सम्बोधनमा खुलाएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस