नेकपा निकट बुद्धिजीवीले भने-‘सरकार-नागरिकको सहकार्यले मात्र कोरोनासंग लड्न सकिन्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १२, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १२,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनले नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताको बलमा कोभिड–१९ विरुद्ध दृढतापूर्वक लड्न सकिने जनाएको छ ।

विश्वका सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनाबद्ध र अनुशासित ढङ्गले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सो सङ्गठनले सफलता हासिलका लागि राज्य र नागरिकको सहकार्य अत्यावश्यक भएकामा जोड दिएको छ ।

सङ्गठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीद्धारा जारी विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट नागरिकका लागि अत्यावश्यक वस्तुको आपूर्ति र स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको आग्रह नागरिकको सुरक्षाका लागि नै भएको स्पष्ट गरेको छ । “सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरेर मात्र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।

यसतर्फ सचेत रहन हामी अपिल गर्दछौँ । बुद्धिजीवीहरु समाजका सचेत र अगुवा नागरिक हुनुका नाताले नागरिकलाई सही सूचना र सन्देश प्रवाह गर्नु, समस्या परेका बखत खुला दिलले सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो”, विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस