काबुलमा बन्दुकधारीद्वारा शिख धार्मिक जमघटमा आक्रमण, चारजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र १२, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १२,काबुल, अफगानिस्तान (एपी) । अफगानिस्तानका अल्पसंख्यक शिखहरूको पूजास्थलमा बुधवार बन्दुकधारीहरूले आक्रमण गरेर कम्तीमा चार जनाको हत्या गरेको त्यहाँका एक जना सभासद् नरिन्द्रसिंह खालसाले वताएका छन् ।

आक्रमण भएको खवर पाउन वितिक्कै अफगानिस्तानका आन्तरिक मन्त्रालयले सो आक्रमण स्थल गुरुद्वारामा फसेका उपासकहरुको सुरक्षाका लागी पुलिस तैनात गरिएको वताएका छन् । आक्रमणको वेलामा सो गुरुद्वारामा १५० जना शिख उपासकहरु रहेको र आक्रमणले धेरै घाईते भएका छन् । प्रहरीले आक्रमणकर्ताहरुलाई हटाउने कोशिस गरिरहेको छ ।

सो आक्रमणको कसैले जिम्मेवारी नलिएको र तालिबानी प्रवक्ता जबिहुल्लाह मुजादले ट्वीट गरेर आफनो समुहको सो आक्रमणमा कुनै संलग्नता नरहेको वताएका छन । कट्टरपन्थी मुस्लिम देशमा शिखहरूले व्यापक भेदभाव भोग्दै आइरहेका छन् र इस्लामी अतिवादीहरूले उनीहरूलाई पनि निशाना बनाउदै आएका छन जसले गर्दा धेरै संख्यामा शिख र हिन्दुहरूले भारतमा शरणको खोजी गरेका छन् ।

जुलाई २०१८ मा पनि शिख र हिन्दुहरुको एक समुहमाथि राष्ट्रपति असरफ घानी लाई भेट्न गईरहेको वेला जलालावाद नजिकै इस्लामी स्टेटका अतिवादीहरुले आक्रमण गर्दा १९ जनाको मृत्यु भएको थियो । पुरै विश्व कोरोना विरुद्धको लडाईमा एक जुट भएको वेला पकिस्तान समर्थक भनिएका तालीवान र हक्कानी समुहले यस्ता आक्रमण रोक्न विश्व समुदाय एक जुट हुन सभासद खालसाले वताए ।

ताजा अपडेट

खोजी गर्नुहोस