कोरोना संक्रमित महिला आएको जहाजका यात्रुहरु को-को थिए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १२, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । कोरोना संक्रमित महिला आएको कतार एयरवेजको  Flight No- QR 650 जहाजका १५८ जना यात्रुहरुको नाम आधिकारिक रुपमा प्राप्त भएको छैन । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अहिले संक्रमित महिलासहित  कतार एयरवेजमा आएका अन्य नागरिकलाई पनि थाहा भईसकेको छ ।

उनका अनुसार स्थानीय तहसम्म सुचना पुगिसकेको कारण उनिहरुलाई क्यारेन्टाईनमा बस्ने वातावरण स्थानिय तहले गर्नुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पनि उनिहरुको सुची सार्वजनिक नभएपनि सुचना पुगिसकेको बताएका छन । त्यही अनुसारको तयारी सरकारले गरिरहेको उनको भनाई थियो ।

आधिकारिक सुची आएपछि अनलाईन केन्द्रले प्रकाशित गर्नेछ ।
अद्याबधिक गरिएको ।

 

ताजा अपडेट

खोजी गर्नुहोस