पोखरामा अलपत्र परेका ५९ फ्रेन्च पर्यटकको उद्धार ! बुद्ध एयरमा काठमाडौं उडे

Post Thumbnail

चैत्र १३,पोखरा । पोखरामा अलपत्र परेका ५९ जना आफ्ना नागरिकलाई काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर उद्धार गरेको छ । बिहीबार दिउँसो साढे ४ बजेतिर बुद्ध एयरको जहाजमा उनीहरू काठमाडौं उडेका हुन् । २४ जना पुरूष, ३४ महिला र एक बच्चालाई काठमाडौं लगिएको हो।

लकडाउनमा सम्पूर्ण आन्तरिक उडान बन्द गरिए पनि फ्रान्सेली नागरिकलाई उद्धार गर्न बुद्ध एयरको जहाज विशेष अनुमति लिएर काठमाडौंबाट आएको थियो।

मंगलबारदेखि लकडाउन सुरू भएपछि ती पर्यटक पोखरामा अलपत्र परेका थिए। यसअघि मुस्ताङमा अलपत्र परेका विभिन्न देशका ७० जना पर्यटकलाई पनि आजै गाडीमा राखेर काठमाडौं पठाइएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस