यो बिदाको वेला बाबु-नानीहरूलाई कसरी व्यवस्थापन गर्ने ?

  • अनलाइन केन्द्र
  • / विचार/दृष्टिकोण /
  • २०७६ चैत्र १४, शुक्रबार (५ साल अघि)
  • ४८ पटक पढिएको
Post Thumbnail

-टी एन भट्ट ‘ विश्वामित्र’

विश्वव्यापी महामारी कोरोना ‘ कोभोड-१९’ले मानव समुदाय, मानव आविश्कार, आधुनिक चिकित्सा र उन्नत प्रविधिलाई समेत चुनौती दिएको वर्तमान अवस्थामा हाम्रो व्यवहार, रहनसहन र दैनिक क्रियाकलापमा पनि आवश्यक रूपान्तरणको खाँचो पर्दछ। एक प्रकारले विश्व नै ‘लकडाउन’को अवस्थावाट गुज्रिरहेको अवस्थामा चेतनशील, अनुशासित, संयमित र मितव्ययीभइ जीवन यापन गर्नुको विकल्प छैन। यस्तो विकराल स्थितिमा हाम्रा नानीहरूलाई घरभित्रै कसरी व्यवस्थापन गर्ने यो अर्को चुनौती हो।

हाम्रा विध्यालयहरू चैत्र ५ गतेदेखि बन्द छन् भने एस.ई. ई. परीक्षा पनि स्थगित छ। यसको मतलब लाखौ नानीहरू अहिले घरभित्रै रहन बाध्य छन्। यस्तो वेलामा तिनीहरूको उचीत ख्याल, हेरचाह र मानसिकरूपमा समेत स्वस्थ्य राख्नु हाम्रो कर्तव्य हो। एक दिन विध्यालय वन्दहुँदा आत्तिने अभिभावकको लागि त यो ठुलो टाउको दुखाइको विषय हो। यस्तो वेला हामी हाम्रा नानीहरूसंग घरै भित्र बसि निम्नुसारका क्रियाकलापमा संलग्न हुने र संलग्न गराउने काम गर्न सक्छौस

१.हाम्रो परिवारिक संरचना समेत फेरिएको, हामी अल्ली बढी वैयक्तिक पनि भइसकेको, घरमा छोराछोरीलाई यथेष्ट समय पनि दिन नसकेको, संगै बसेर खाना खाने, सुख-दुखका कुरा समेत गर्न नपाइरहेको अवस्थामा कोरोनाको प्रभावले एउटा अवशर दिएको छ। हामी यो समय हाम्रा छोरा-छोरीसंग संगै बसेर भलाकुसारी गर्ने , एक अर्कालाई बुझ्ने र चिन्ने मौकाको रूपमा प्रयोग गर्न सक्छौ। यो समयको उपयोग गर्दै हामीहरूले नानीहरूका कुराहरू सुन्ने, आवश्यकता र चाहानाको बारेमा जानाकारीलिने, उनीहरूका प्रश्नहरु सुन्ने र उनीहरूको विचारको समेत सम्मान गर्ने यो उपयुक्त अवशर हो।

२. यो वेलामा नानीहरुलाई घरैभित्र राखि पारिवारिक दायित्वको पाठ सिकाउन सकिन्छ। घरभित्रै कामको विभाजन गरी उनीहरूलाई भान्षामा सहभागि गराउनेस चिया पकाउन सिकाउने, तरकारी काट्ने, भाडा सफा गर्ने, घर सफा गर्न सिकाउने, बेड मिलाउन, ससना कपडाहरु धुन सिकाउने वा लगाउने गरियो भने एकातिर उनीहरूमा जीवन उपयोगी सिपकोविकास हुन्छ भने भने अर्को तिर समुहमा वसेर कसरी काम गर्ने भन्ने भावनाको समेत विकास हुन्छ। यी कामहरू साना लाग्न सक्छन तर स-साना कामबाटै उनीहरूको सेल्फ डिपेन्डेस्सिको पनि विकास हुँदै जान्छ।

३. नानीहरूलाई विहानै उठ्न उत्प्रेरित गर्ने, सफा सुघ्घर हुन लगाउने, योगा गर्न सिकाउने र भगवानको आरती गर्न सिकायौ भने उनीहरूमा शारीरिक, मानसिक र आध्यात्मिक चेतनाको समेत विकास हुन थाल्छ।

४. यस्तो वेलामा नानीहरू बढि जसो मोवाईलमा गेम खेल्ने र अनावश्यक रुपमा सामाजिक संजालमा सहभागी भै समय फालेको पनि देखिन्छ। सामाजिक संजालबाट पुर्णरुपमा अलग राख्न सकिने अबस्था छैन र सकिदैन पनि। यस्तो अवस्थामा निश्चित समय छुट्टाइ दिने र सामाजिक संजाल प्रयोग गर्दा यसका राम्रा र नराम्रा पक्षको जानाकारी गराउँदै सुचना र वौद्दिक विकासको लागि सामाजिक संजाललाई प्रयोग गर्न सक्ने वानीको विकास गराउन सकियो भने यो ठूलो सफलता मान्न सकिन्छ। यस बाहेक, यस्तो अवस्थामा जियोग्राफि च्यानल, डिस्कभरी च्यानल, न्युज, ऐतिहासिक फिल्म र डकुमेन्ट्रीहरू हेर्नको लागि नानीहरूलाई उत्प्रेरित गर्न सकिन्छ। तर, आफू चाही बेडमा पल्टेर फेसवुक चलाउने अनि नानीहरूलाई सामाजिक संजाल नचलाउ भनेर गाली गर्ने प्रवृतीले कसैलाई पनि फाइदा गर्दैन। त्यसकारण, अभिभावकले पहिलो परिवर्तन आफैबाट सुरु गर्नु जरूरी छ।

५. हाम्रा नानीहरूको पढ्ने बानी (Reading Habit) विल्कुलै छैन। यो वेला नानीहरूलाई कोर्ष भन्दा बाहिरका पुस्तकहरू जस्तै कथा, कविता, उपन्यास, साइन्स फिक्सन, इतिहास ईत्यादी कितावहरू पढ्ने व्यवस्था मिलाउ सकिन्छ। यसो गरियो भने एकातिर पढ्ने बानीको विकास हुन्छ भने अर्कोतिर नानीहरूमा गुण र दोषको विवेचनात्मक प्रबन्ध गर्न सक्ने क्षमता (Critical thinking) को पनि विकास हुन्छ।
६. यसैगरि, पेन्टिङ, चित्रकला, कविता, कथा लेखनमा समेत सहभागी गराउने, मोटिभेसनल भिडियोहरू हेर्न उत्प्रेरित गर्ने गरियो भने नानीहरू सिर्जनशिल मात्र हैन उनीहरूमा सकरात्कम सोचको पनि विकास हुन्छ।

७. हाम्रा नानीरूलाई हाम्रो इतिहास, धर्म, संस्कृतीको बारेमा जानाकारी गराउनु हाम्रो कर्तव्य पनि हो। यतिमात्रै हैन, हामी को हौ ? भनेर चिनाउन समेत सकिरहेका छैनौ हामी। जव एउटा वालकले आँफू ‘को हुँ’ ? भनेर चिन्दैन भोली उसले देशको त कुरा छाडौ आफ्नै आमा-बुबा समेत नचिन्न सक्छ। यस्तो स्थितिमा नानीहरूलाई सँगै राखेरआँफू जन्मेको ठाँउ, आफ्ना पिता पुर्खा,बंश, नातागोता इत्यादीको बारेमा जानाकारी दिने मात्र हैन आँफूले जीवनमा भोगेका महत्वपूर्ण अनुभव र कथाहरू समेत भन्दा अपनत्व बढ्ने मात्रै हैन पारिवारिक एकता र परस्पारिक माया स्नेह (Bond of love) को समेत विकास हुन्छ र यो संस्कृतीले हाम्रो परिवारमा समाजमा पारस्पारिक सहयोग र एकताको विकसा गर्न सहयोग गर्छ। कुरा साना हुन सक्छन, काम सानो हुन सक्छ, तर त्यसको महिमा र मुल्य ठुलो हुन्छ।

८. S.E.E परीक्षा कहिले हुन्छ टुङ्गो छैन। तर पनि घरमै बसेर यसको तयारी गर्न सकिन्छ। यो लामो बिदा परीक्षालाई झन राम्रो गर्न सकिने अवसरको रूपमा लिएर सोही अनुशार नानीहरूलाई तयारी गराउन सकियो भने, यसको प्रतिफल साच्चै मिठो हुनेछ। नेपाल टि भी प्लसबाट प्रत्येक दिन ११ वजे देखी सुरु हुने (Distance Learning)  मा सहभागी गराउन सकियो भने यसले परीक्षाको तयारीलाई झन सहज र सरल बनाउने छ। त्यसकारण समयको सही उपयोग गरौ र गर्न सिकाउ।

वास्तबमा हाम्रा नानीहरू हाम्रा सम्पती हुन। यिनीहरूलाई सहि मार्ग दर्शन, उचित ख्याल र व्यवस्थापन गर्न सकियो भने भोलीको हाम्रो दिन उज्ववल रहेने छ। हाम्रो परिवार, समाज र देश साचो अर्थमा सुन्दर बन्ने छ। त्यसकारण नानीहरूको सहि व्यवस्थापन नै आजको आवश्यकता हो।

-लेखक त्रिचन्द्र कलेजका उप-प्राध्यापक हुन।

[email protected]

ताजा अपडेट

खोजी गर्नुहोस