प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वास्थ्य स्थिति सामान्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १४, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस