देशमा कतिजना क्वारेन्टाइनमा छन ? सरकार भन्छ–’तथ्याङक संकलन गर्दैछौ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १४, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १४,काठमाडौँ । यतिबेला कारोना संक्रमणलाई रोक्न लक डाउनमा छ । लक डाउन गरिएको पनि आज चौथोदिन भइसकेको छ । तर सरकारसंग कोरोना लागेको आशंका गरिएका व्यक्तिहरु र तिनीहरुसंग सम्पर्कमा रहेकाहरु कहाँ कतिजना छन भन्ने तथ्याङक छैन । मुलुकमा अहिलेसम्म ३ जनामा (कोभिड–१९) कोरोना भाईरस संक्रमण देखिएको छ । जसमा १ जनालाई निको भएको छ भने अर्का दुई जना आइशोलेसनमा रहेका छन । उनिहरुको टेकु अस्पतालमा उपचार भईरहेको छ ।

अस्पताल स्रोतका अनुसार हाल उनिहरुको स्वस्थ्य अवस्था सामान्य रहेको छ । टेकुमा उपचार गराईरहका दुवैजना विदेशबाट आएका हुन । उनिहरु एयर अरेवियाबाट नेपाल आएको सरकारले बताएको छ । टेकुमा उपचार गरिरहेका एक महिला र अर्को एक पुरुष नेपाल फर्किएपछि कहाँ–कहाँ गए ? उनिहरुको सम्पर्कमा को–को आयो ? त्यतिमात्रै होईन सो बिमानमा आउने अन्य नेपालीहरु कहाँ छन ? के छ ? यो विषयमा सरकारले पुर्ण डाटा संकलन गर्न सकेको छैन ।

स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार अहिले सबैको तथ्याङ्क संकलन भईरहेको छ । उनले अनलाईनकेन्द्रलाई भने– हामी सबै ठाँउको डाटा संकलन गरिहेका छौँ । अहिलेसम्म कहाँ कतिजना क्वारेन्टाईनमा छन भन्ने टुंगो लोगेको छैन । उनको अनुसार नेपालगञ्जमा ९ जना, दाङमा ६ जना क्वारेन्टाईनमा रहेका छन । अन्य जिल्लामा पनि स्थानिय तहसंग सहकार्य गरेर डाटा संकलन भईरहेकमो देवकोटाले बताए । प्रवक्ता देवकोटाको अनुसार अहिले राष्ट्रिय जन–स्वास्थ्य प्रयोगशालामा दैनिक ८० देखी १०० जनाको स्याम्पल टेस्ट भईरहेको छ । बिहिबारसम्मको ७ सय ५८ जनाको कोरोना भाइरस भएको/नभएको सम्बन्धमा नमुना परिक्षण भइरहेको बताए । अझै यो नमुना परिक्षणको संख्या बढाउने तयारी भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस