चैत्र महिनामा विदेशबाट आएका व्यक्तिहरुलाई विशेष अनुरोध

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र १५, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । अनेरास्ववियुका नेता रश्मि आचार्यले कोभिड–१९ बाट बच्न सुझाव विशेष सुझाव दिएका छन । उनले विशेषगरी चैत महिनामा विदेशबाट आएकालाई विशेष अनुरोध गरेका छन ।

१ कृपया, तपाईं अब कम्तिमा १० दिन अरुको सम्पर्कमा नगइदिनुहोस् । Home Quarantine वा सरकारले तोकेको स्थानमा बसिदिनुहोस् ।

२. तपाईं नेपाल आएपछि यस विचमा कहाँ कहाँ पुग्नुभयो ? को को सँग भेट्नु भयो ? Contact History सरकारका संरचनाहरुलाई तत्काल बताइदिनुहोस् ।

३. कोरोनाको लक्षण संग मिल्दो अवस्था देखिए यथाशिघ्र सरकारले तोकेका अस्पताल जानुहोस् ।

४. तपाईको कारण यतिबेला सबै भन्दा बढी असुरक्षित तपाईकै परिवार छ । त्यसपछि तपाईका इष्टमित्र र साथिहरु त्यो जोखिमको घेरामा छन् । यदि तपाईं उनीहरू सुरक्षित भएको हेर्न चाहनुहुन्छ भने कृपया उनीहरुदेखि टाढै बस्नुस् । आजको दिनमा तपाईले परिवार र समाजको लागि खेल्ने पहिलो भूमिका यहि हो ।

५. त्यहि परिवारको सुखको लागि तपाईं बिदेसिनु भयोे । अनेकौं दुस्ख कष्ट झेल्नु भयो । रगतर पसिना बगाउनु भयो । हरेक क्षण जीवन हत्केलामा राख्नु भयो । तपाईंको परिवारमा कतैबाट संकट नआओस् भन्ने तपाईंकै चहाना पुरा गर्न तपाई उनीहरूबाट अब मात्र १० दिन अलग बसिदिनुहोस् । परिवारमा खुसी भर्न यत्रो वर्ष परदेश बस्नु भएको तपाईं आफ्नै परिवारको सुरक्षाको लागि के थप १० दिन  Quarantine मा बस्न सक्नु हुन्न र ?

६. याद गर्नुहोस्, तपाईंको एउटा असावधानीले परिवार संकटमा पर्न सक्छ, समाज संकटमा पर्न सक्छ, अन्ततस् देशलाई महासंकटले घेर्न सक्छ । त्यसैले सचेत बन्नुहोस्। नेपाल सरकारले भनेका सबै नियम मेरा लागि हुन्, परिवारको सुरक्षाको लागि हुन् भन्ने बुझ्नुहोस् ।

७. मलाई के भएको छ र ? केहि भएको छैन भनेर आफै डाक्टर नबन्नुहोस् । उहाँलाई केहि भएकै छैन, किन Quarantine मा बस्ने भनेर परिवारलाई भन्न नलगाउनुस् । COVID-19 ले पत्तै नपाई विश्वलाई हायलकायल बनाएको छ । शक्तिशाली भनिएका देशहरु यसका अगाडी कमजोर सावित भएका छन् । नेपालबाट यसलाई परास्त गर्न तपाई एउटा सचेत नागरिक बनिदिनुहोस् । बस् १ यति भए पुग्छ ।

तपाईले यति गर्नुभयो भने देश, समाज र तपाइकै परिवारको कल्याण हुनेछ । नेपालले COVID-19 विरुद्ध लडाई सजिलै जित्नेछ । तपाई त्यस लडाईको एउटा भरपर्दो सिपाही हुनुहुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस