चैत्र १५,धादिङ । धुनिवेशी नगरपालिकाले सरकारले जारी गरेको लक डाउन पुर्ण पालना गर्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले शनिबार विदेशबाट आएका १८ जनाको नामावलीसहित सुची तयार पारेको छ ।
उनिहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था नगरपालिकाले गरेको नगरप्रमुख बालकृष्ण आचार्यले अनलाइनकेन्द्रलाई बताए । उनले सबै वडामा वडाअध्यक्षहरुलाई जानकारी दिइएको र उचित व्यवस्थापनको लागि निर्देशन समेत दिइसकेको बताए । नगरप्रमुख आचार्यले विदेशबाट आएका नगरका अन्य व्यक्तिको समेत जानकारी लिने काम भइरहेको बताए ।
नगरप्रमुख बालकृष्ण आचार्यले विदेशबाट आउने सबैलाई क्वारेन्टाईन बस्ने व्यवस्था मिलाइएको बताए । तर अहिलेसम्म कोही पनि क्वारेन्टाइनमा बस्न नआएको उनले बताए । विदेशबाट आएका अहिले सबैजना सेल्फ क्वारेन्टाइनमा छन । उनिहरुका परिवारले बाहिर निस्कन नपाउने सर्तमा घरमै राखेका छन । नगरप्रमुख आचार्यले अहिलेसम्म विदेशबाट आउने कोही व्यक्तिमा पनि कोरोनाको लक्षण देखा नपरेको जानकारी दिए ।
नगरप्रमुख आचार्यले नगरमा अहिलेसम्म २५ भन्दा बढी बेडसहितको क्वारेन्टाइन बनाइएको बताए । उनले भने–कोही बस्न आउछन भने हामीले उनिहरुको लागी सबै किसिमको व्यवस्था मिलाएका छौँ ।