धुनिवेशी नगरपालिकामा छरियो किटनाशक औषधी (फोटो/भिडियोसहित)

Post Thumbnail

चैत्र १५, धादिङ । धुनिबेशी नगरपालिकाले नगरपालिका क्षेत्रको राजमार्गमा किटनाशक औषधी छर्किएको छ । राजमार्ग सडक किनारामा विभिन्न स्थानबाट आएका यात्रुहरुबाट सिँगान, खकार लगायतका कोरोना भाईरसका किटाणुहरु सडक आसपास समेत हुन सक्ने भएकाले दमकलको सहयोगमा सेरेक्स नामक किटनाशक औषधी छर्किएको हो ।

पिप्लामोड देखी धार्के सम्मको सडकमा किटनाशक औषधी छर्किएको नगरपालिकाका उपप्रमुख निरु खरेलले बताइन ।
शुक्रबार नगरप्रमुख बालकृष्ण आचार्यको सँयोजत्वमा बसेको नगरस्तरिय विपत व्यवस्थापन समितीको बैठकले राजमार्ग क्षेत्रका सडक आसपासमा किटनाशक औषधी छर्किने निर्णय गरेको थियो ।

 

 

https://www.facebook.com/dhunibeshimun/videos/259422188409739/

ताजा अपडेट

खोजी गर्नुहोस