कोरोना सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १६, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १६,काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघेको छ । आइतबार बिहानसम्म ३० हजार आठ सय ५१ जनाको ज्यान गएको छ ।

भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६२ हजार ९ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले चीनपछि युरोप र अमेरिका कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार चार सय २८ पुगेको छ ।

अमेरिकापछि इटलीमा सङ्क्रमितको सङ्ख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।

भाइरसबाट ज्यान गुमाउनको सङ्ख्यामा इटली सबैभन्दा अघि छ । इटलीमा १० हजार २३ जनाको ज्यान गइसकेको छ । इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ ।

त्यस्तै विश्वभरि भाइरस सङ्क्रमितमध्ये एक लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा ७५ हजार चार सय ४८ जना, इटलीमा १२ हजार तीन सय ८४ र स्पेनमा १२ हजार दुई सय ८५ जना निको भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस