चीनमा शनिबार कोरोना भाइरसका ४५ जना नयाँ सङ्क्रमित थपिए

चैत्र १६,काठमाडौँ । चीनमा शनिबार कोरोना भाइरस (कोभिड-१९) का ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो सङ्ख्या शुक्रबारको तुलनामा कम हो, शुक्रबार कोरोनाका ५४ जना नयाँ सङ्क्रमित भेटिएका थिए ।

४५ जना सङ्क्रमितमध्ये एक जना विदेशबाट फर्किएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

शनिबार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । चीनको हुबेई प्रान्तको वुहान शहरमा पाँच जनाकै ज्यान गएको हो ।

चीनमा अहिलेसम्म तीन हजार तीन सय जनाको ज्यान गइसकेको छ भने ८१ हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् ।

लगातार चार दिनसम्म हुबेई प्रान्तमा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको थिएन । वुहान शहरमा लगाइएको प्रतिबन्ध बिस्तारै हटाइँदैछ ।

संम्बन्धित समचार

Leave a Reply