नेता पराजुलीले गरे दुई मन्त्रीको प्रशंसा: भने-‘सरकारको काम देखेर भ्रष्टाचार गर्न पल्केकाहरु छट्पटीमा छन्’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १६, आईतबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

चैत्र १६,काठमाडौँ । अनेरास्ववियुका नेता सुदेश पराजुलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगश भट्टराईको प्रशंसा गरेका छन । उनले मुलुक विपदमा रहदा दुईमन्त्रीले गरेको निर्णय ऐतिहासिक र जनहितकारी रहेको बताएका हुन ।

सामाजिक सञ्जालमा नेता पराजुलीले स्वास्थ्य मन्त्रालयमा वर्षौदेखी किरिया खाएर भ्रष्टाचार गर्न पल्केकाहरु औषधि देखी स्वास्थ्य उपकरणका सामान सम्मको करोडौं हसुर्नेहरु भ्रष्टाचार गर्न र कमिसन नपाएर यतिबेला छट्पटीमा रहेको बताए ।

पराजुलीले कानुनी झन्झटलाई पार गर्दै नेपाल वायुसेवा निगमको जाहाजबाट नै सामाग्री तुरुन्तै ल्याउने कार्य गर्ने यस्तो संवेदनशिल समय दिनराती नभनी जनताको सेवामा खट्ने मन्त्रीहरु योगेश भट्टराई र भानुभक्त ढकालको आलोचना गर्ने पखण्डि भएको उनको जिकिर थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस