काठमाडौं । छायांकन भइरहेको चलचित्र ‘२ नम्बरी’ लकडाउनका कारण स्थगित भयो । पोखरा सेरोफेरोमा छायांकन भइरहेका बेला कोरोना भाइरसको संक्रमणको जोखिमका कारण ‘२ नम्बरी’ युनिट छायांकन स्थगित गरेर काठमाडौं फर्किएको थियो । काठमाडौं आउन बित्तिकै लकडाउन सुरु भएपछि निर्देशक दीपेन्द्र लामा अहिले बाँकी स्क्रिप्टलाई फाइन बनाउन लागि परेका छन् । २५ प्रतिशत मात्रै सुटिङ भएको चलचित्र ७५ प्रतिशत छायांकन गर्न बाँकी छ ।
“बाँकी रहेको ७५ प्रतिशत स्क्रिप्टलाई थप कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको छु । यसकै लागि घरमै बसेर तीनवटा पुस्तक पढिरहेको छु,” दीपेन्द्र भन्छन् ।
‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन छोदेनले अभिनेता दयाहाङ राईसँग स्क्रिन सेयर गर्दैछिन् । उनले चलचित्रमा भुटानी नागरिकको भूमिका निर्वाह गर्नेछिन् ।