-अर्जुन बहादुर कँडेल
कैयौं सपनाका ती बिहानहरु गए
कैयौं जिवनका ती चिहानहरु भए
मानिसका घरहरु नै जेलझैं भए
कतिका सारा खुशीहरु भेल झैं गए
कैयौं मानिसका आसहरु गए
कैयौं मानिसका लासहरु भए
आधुनिक विज्ञान र प्रविधिलाइ नै चुनौति दिने
कस्तो आयो यो कोरोनाको भय
कहाँबाट कसले ल्यायो यो कोरोना कहर
भताभुङ्ग पारिदीयो हजारौंका ती जिउने रहर
भताभुङ्ग पारिदीयो हजारौंका ती जिउने रहर ! !
शक्तिशालिहरु समेत अशक्त भए
बैरभाव र घमण्डहरु चकनाचुर भए
छरछिमेक,आफन्त र मित्रहरु समेत दुर भए
चलिराछ यो आतंक कोरोना कु्रर मय
ज्यादै कु्रर छ यो कोरोना, मानव मानवबिच दुरी बढायो
मानवीय सुख र शान्तिमा भयानक हुरी चलायो
आज हजारौं सुखीका संसारमा अचानक छुरी चलायो
आज हजारौं खुशिका संसारमा अचानक छुरी चलायो ! !
मै हुँ भन्ने महाशक्तिको समेत देखियो आज बिजोग
धन र शक्तिले मात्र प्रकृतिलाइजित्न सकिन्न भन्ने हो यो निचोड
महामारीसंग लड्न समयमै गर केहि खास
अन्यथा सधैंभरी रहिरहने छ यो सन्त्रास
संसार कसैको हातमा छैन कोरोनाले पाठ सिकायो
पारिवारीक स्नेह र सुखमा रमाउने यो चाल सिकायो
पारिवारीक स्नेह र सुखमा रमाउले यो चाल सिकायो ! !
लड्नुपर्छ अव हामी हट्ने होइन कत्ति
तपाइँ हामी सबैमिले हुन्छ यसको अधोगति
कायम राखौं सामाजिक दुरी पालन गरौं नियम
घरमै बस्ने र सुरक्षित हुने बाहेक अरु उपाय भएन
एकता नै वल हो एकढिक्का भै लडौ आज
पराजीत गरी यो कोरोनालाइ सफलताको भिरौं ताज
पराजीत गरी यो कोरोनालाइ सफलताको भिरौं ताज ! !
निमुखा र असहायको कारुणीक छ पिडा
मन भित्रै पैरो जान्छ बिचराको ती पिडा संझिदा
धनि गरिब कोहि छैन
कोरोनाको हो यो पाठ
नकुनै धर्म न कुनै जात
सेवा गर्ने यहि हो यो महान अवसर
बढाऔ अघि सहयोगी हात
सेवा गर्ने यहि हो यो महान अवसर
बढाऔ अघि सहयोगी हात ! !
सकारात्मक बिचार र आत्मवलले हुन्छ यसको हार
यसकै भरमा लड्दै छ हेर आज सारा संसार
आफ्नो लहड् होइन नीति-नियम अंगाल
संसार धेरै देख्नुछ भने आज यो जिवन संगाल
हरपल खुशी हुनु हो यो जीवनको सार
कोरोनाकै कारण नहोस सुन्दर जीवन भार
अझ धेरै कोरोना संग युद्घ गर्नुछ
त्यसैले जोगाएर राखौं यो सुन्दर जीवन उपहार
जोगाएर राखौं यो सुन्दर जीवन उपहार ! !!