नेपाल भ्रमण वर्ष २०२० सचिवालय बैशाख १ गते बाट विघटन हुँदै

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । सरकारले भ्रमण वर्ष २०२० को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिए ।

उनका अनुसार यो निर्णय सङ्गै भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय आगामी बैशाख १ गते देखि बिघटन गर्ने निर्णय पनि भएको छ । २०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्द्घाटन गरेको थियो ।

पर्यटनलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यका साथ सरकारले भ्रमण बर्स घोषणा गरेपनी कोरोना भाइरसको सन्क्रमणका कारण यो अभियान स्थगित गर्नुपरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस