भारतमा कोरोना संक्रमण बढ्यो, २४ घण्टामै १२ को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगिसकेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १२ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार अहिलेसम्म १९६५ जना संक्रमित भइसकेका छन् । जसअनुसार भारतमा संक्रमति र मृतकको संख्या अनपेक्षित रुपमा ह्वात्तै बढेको हो ।

कोरोना महामारीविरुद्ध लड्न भारत सरकारले २१ दिनको लकडाउन घोषणा गरिसकेको छ । यद्यपि अलपत्र परेका मानिसहरुको भीडभाड विभिन्न सहरमा लाग्ने गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई दिल्ली सरकारले भने १ करोड क्षतिपुर्ति दिने घोषणा गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस