इन्डक्सन चुलोमा आकर्षण बढ्यो : दैनिक पाँच सय बढी बिक्री !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाडौं । विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सातादेखि गरेको लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा भने दैनिक ५ सय बढी मानिस इन्डक्सन चुलो किन्ने आउने गरेका छन् । २०७२ सालमा गएको विनाशकारी भूकम्पसँगै भारतले लगाएको अघोषत नाकाबन्दीका बेला छिमेकी मुलुक चीनले सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो ।

नेपाल सरकारलाई चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुलो उपलब्ध गराएको थियो । खाद्य व्यापार कम्पनीका अनुसार त्यो समय केही बिक्री भए पनि खासै उपभोक्ताको इन्डक्सन चुलोमा आकर्षण थिएन । अहिले विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस संक्रमणले खाना पकाउने ग्यासको अभाव हुने आशंकमा उपभोक्ताले विकल्पका रूपमा इन्डक्सन चुलो किन्न थालेका हुन् ।

व्यापार कम्पनी थापाथली अञ्चल कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले सरकारले चैत महिनाको विद्युत् महसुलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि उपभोक्ताको आकर्षण इन्डक्सन चुलो बढेको हुने सक्ने बताए । बुढाथोकीले नेपाल विद्युत् प्राधिकरणले पनि उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस