काठमाडौंले बिहीबारबाट सवारीसाधनलाई पास वितरण नगर्ने ! नयाँ व्यवस्था के छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारबाट सवारीसाधनलाई पास वितरण नगर्ने भएको छ । सवारी पासको लागि कार्यालयमा अत्यधिक भीड भएको भन्दै बन्द गरिएको हो । कोभिड १९ को संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यको लागि जिल्ला प्रशासन कार्यालयले पास वितरण गर्दै आएको थियो ।

भीडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोग समेत गरिएको कार्यालयको दाबी छ । अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ ।

जसमा एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई बोकेका सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ । तर सबैले आफ्नो परिचय पत्र बोक्नुपर्नेछ ।

खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्बाधरुपमा चल्न पाउने भएका छन् । तर यस्ता सवारीहरुमा यात्रु ओसार्न भने पाइनेछैन ।
व्यक्तिगत समस्या, परिवार, वा आमा बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने कार्यालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस