कोभिड–१९ सन्दर्भ: धुनिवेशी नगरपालिकाका नगरप्रमुखबाट नगरवासीहरुमा अपिल

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आदरणिय नगरवासी आमा,बुवा, दाजुभाई तथा दिदीबहिनीहरु सम्पुर्ण विश्व समुदाय (कोभिड–१९)कोरोना भाइरसको संक्रमणको विश्वव्यापी महामारीको चपेटामा फसिरहेको सर्वविदितै छ । यो संक्रमणको चपेटाबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन् । कोरोना संक्रमणको विश्वव्यापी महामारी नियन्त्रण गर्न विश्व नै लागिरहेको अवस्थामा यस धुनिवेशी नगरपालिका चुप लागेर बसिरहन सक्दैन । सम्पुर्ण नगरवासीहरुको स्वास्थ्य रक्षाको लागि हर–तरहले लागिरहेको कुरा म अनुरोध गर्न चाहन्छु । तर्सथ यस धुनिवेशी नगरपालिका र सम्पुर्ण नगरवासीहरुले निम्न कुराहरुलाई परिपालना गर्न म विशेष अपिल गर्दछु ।

१. केन्द्र सरकारले कोरोना भाईरसको संक्रमण रोकथामको लागी राष्ट्रभरि लकडाउनको घोषणा गरिरहेकाले हामी सम्पुर्ण नगरवासीहरुले यो लकडाउन अवधिभर यसको पुर्ण पालना गर्न अति आवश्यक भएकाले अत्यावश्यक जिवन रक्षाको काममा बाहेक अन्य अवस्थामा घरमा नै रहिदिनुहुन अपिल गर्दछु ।
२. स्वस्थ्य सेवालाई नियमित सुचारु राख्न जनप्रतिनिधि साथीहरु, कर्मचारी साथीहरु,नगरभित्र रहेका सम्पुर्ण स्वास्थ्य चौकी र वडा आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मिहरु लगायतलाई उच्च मनोवलका साथ सेवा प्रदान गर्न अनुरोध गर्दछु । स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पर्ने औषधी लगायतका सामग्रीहरुको व्यवस्थापनमा नगरपालिका लागिरहेको र अन्य आवश्यकता अनुसारको व्यवस्थापन पनि गर्दै जाने कुरा अवगत गराउनु चाहन्छु ।
३. क्वारेन्टाइनको व्यवस्था सम्वन्धमा यस नगरपालिकाले हाल ६ ठाँउमा क्वारेन्टाइन स्थल छनौट गरेको र चार ठाँउमा न्युनतम पुर्वाधारसहितको क्वारेन्टाइन स्थलको व्यवस्थापन गरिसकेको छ । थप आवश्यक भएमा अन्य स्थान तथा सामाग्रीको व्यवस्थापनको तयारी समेत नगरपालिकाले गर्दैजाने व्यहोरा अनुरोध गर्दछु । कोरोना भाइरस संक्रमणको रोकथामको लागि क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएमा नजिकको वडा कार्यालय, नगरपालिकाको कार्यालयमा वा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहुन अपिल गर्दछु । क्वारेन्टाइनमा बस्नपर्ने नागरिकको लागि आवश्यक व्यवस्था नगरपालिकाले गरेको जानकारी गराउदछु ।
४.संक्रमण कुनै अपराधजन्य कारणबाट नभई एक अर्कामा जानी–नजानी संक्रमण फैलिरहेको अवस्थामा वैदेशिक रोजगारबाट फर्किएका महानुभावहरु र विदेश अध्ययनमा रहि नेपाल फर्कनु भएका यस धुनिवेशी नगरपालिका भित्रका सबै महानुभावहरुलाई होम क्वारेन्टाइनमा उच्च सर्तकताका साथ बसिदिनुहुन र नगरपालिकाले बनाएको नियम पालना गरिदिनुहुन अपिल गर्दछु । साथै यस नगरपालिकामा अहिलेसम्म विभिन्न देशबाट आउनुभएका २१ जना नगरवासीहरु सम्पर्कमा रहनुभएको र उहाँहरुको नगरपालिकाले उच्च निगरानी गरिरहेको जानकारी गराउदछु ।
५. धुनिवेशी नगरपालिकाका सम्पुर्ण प्रतिनिधि र कर्मचारी साथीहरु र सुरक्षाकर्मीहरु जनताको सेवामा अहोरात्र खटिरहनुभएकोले नगरवासीलाई पर्न सक्ने कुनैपनि अप्ठ्यारो अवस्थामा आफ्नो नजिकको स्वस्थ्य केन्द्र र वडा कार्यालय वा नगरपालकिाको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गर्दछु । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नगरपालिकाले नगरवासीलाई आवश्यक सुचना प्रदान गरिरहेको छ । यसको लागि नगरवासीले प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल मोबाइल नम्बर ९८५१२३७९६७ र स्वास्थ्य शाखा प्रमुख धु्रव आधिकारी मोवाइल नम्बर ९८४१८००५६९ र नगरपालिकाको फोन नम्वर ०१०४०११९७ मा र नजिकको स्वास्थ्यकर्मी अथवा जनप्रतिनिधिहरुलाई सिधै सम्पर्क गर्नहुन अपिल गर्दछु ।
अन्त्यमा,
विश्वव्यापी रुपमा फैलिरहेको यस महामारीलाई सामान्य रुपले नलिई केही दिनको कष्ट खपेरपनि आफु, आफ्नो परिवार र छिमेकीहरुलाई संक्रमण हुनबाट बचाउन हामी सबैले आ–आफ्नो ठाँउबाट सहयोग गरौँ । रोग नलुकाउ , बेलैमा सचेत बनौँ । सम्पुर्ण नगरवासीको स्वास्थ्य सुरक्षाको लागी यस धुनिवेशी नगरपालिका सदैव लागिरहने छ । यतिबेला देश लकडाउनमा रहेकाले नगरवासीलाई दैनिक जिवनमा आइपर्ने कुनैपनि समस्याको बारेमा नजिकको वडा कार्यालय वा नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गर्दछु । यो महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण जोखिम रोकथाम गर्ने कार्यमा लागिरहनुभएका ,स्वास्थयकर्मी, सुरक्षाकर्मी, राजनितिकदल, नागरिक समाज संघसंस्था, सञ्चारजगत लगायत सम्पुर्ण नगरवासीलाई धन्यवाद ज्ञापन व्यक्त गर्दछु । साथै आगामी दिनमा समेत यहाँहरुको साथ, सहयोग र अमुल्य सुझावको अपेक्षा गर्दछु ।

बालकृष्ण आचार्य
नगरप्रमुख
धुनिवेशी नगरपालिका

ताजा अपडेट

खोजी गर्नुहोस