भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, दाङ । दाङमा आफ्नै भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका १ रसरीखोला बस्ने ३२ वर्षीय प्रेमबहादुर कामी रहेका छन् । २७ वर्षीय भाइ जसराम कामीले मादक पदार्थ सेवन गरी प्रेममाथि बुधबार राति चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका प्रेमको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दाजुलाई चिर्पट प्रहार गरेपछि जसराम भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस