(अपडेट) छैटौँ कोरोना संक्रमित बाग्लुङकै महिला भएको पुष्टि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या छ पुगेको छ । आज अर्का संक्रमित भेटिएपछि संख्या छ जना पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार छैंठौ संक्रमित उपत्यका बाहिरका हुन् । उनको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ भेटिएको थियो । उनी बाग्लुङकी हुन् र उपत्यकाबाहिर उपचार गराइरहेकी छिन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित तीनजना एउटै विमानबाट फर्केकाहरु हुन् । ४ चैत्रमा कतारबाट काठमाडौं आएको कतार एयरवेजको क्युआर ६५२ मा यात्रा गरेकाहरुमध्ये तीनजना संक्रमित भेटिइसकेका छन् । नेपालमा दोस्रो, पाचौं र छैठौं संक्रमित सोही विमानमा चढेका थिए ।

कोरोना भाइरसका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको गत बुधबार पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस