चिकित्सा सामग्री खरिदमा बदमासी गरेको ठहरिए हदैसम्मको कारबाही गर्नुपर्छ: वरिष्ठ नेता खनाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २१, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २१,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिकित्सा सामग्री खरिद प्रकरणमा बदमासी गरेको ठहरिए हदैसम्मको कारबाही गर्ने बताएका छन्। उनले लकडाउनमा घरभित्रै बसेकाले आफूले अध्ययन गर्न नपाएकाले थप टिप्पणी गर्न सक्ने अवस्था नरहेको उनले बताए।

“लकडाउनले गर्दा घरमै छु। बाहिर निस्कने अवस्था छैन। पार्टी कमिटीको बैठक बस्ने अवस्था छैन। अनियमितता भएको छ भन्ने समाचार सुनेको छु। तर विस्तृत बुझ्न पाएको छैन,” उनले भने। नियमितता भए पार्टीले कस्तो एक्सन लिन्छ भन्ने जिज्ञासामा उनले हदैसम्मको कारबाही गरिने बताए।

“चिकित्सा सामग्री खरिदमा अनियमितता भएको रहेछ भने हदैसम्मको कारबाही गर्छौं। भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झुन्ड्याउनुपर्छ,” उनले भने। चीनबाट खरिद गरेर ल्याएका सामग्री गुणस्तरहीन भएको भन्दै चिकित्सकहरूले प्रयोग गर्न अस्वीकार गरेका छन्। वाणिज्य विभागमा दर्ता नै नभएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस इन्टरनेशनलसँग गरेको खरिद–सम्झौता रद्द गरिसकेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस