भरतपुरमा एक युवतीको मृत्यु, मृतकको स्वाव परीक्षण हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २१, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २१, काठमाण्डौ । ज्वरो आएर उपचारका लागि गएकी एक विरामीको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ । सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया उषाकुमारी राईको शुक्रबार विहान मृत्यु भएको हो । विरामी भएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेकी उनलाई त्यहाँबाट रिफर गरिएको थियो । भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीका अनुसार बिहीबार राति राईलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको विहान २ बजे मृत्यु भएको हो ।

मृत्यु भएकी युवतीको स्वाव परीक्षण गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए। स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइने र नतिजा नआएसम्म शव सुरक्षित राखिने उनले बताए । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने अधिकारीले जानकारी दिए । युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनको भनाइ छ । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो । अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको छ । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस