सार्क राष्ट्रका सबै देशमा कोरोना भाइरस, एक सय १७ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २१, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २१, काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस कोभिड १९ संक्रमणले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका राष्ट्रमा पनि प्रभाव परेको छ । विश्वका दुई सय चार देश र दुई पानी जहाजमा फैलिएको कोरोनाभाइसले सार्क राष्ट्र आठवटै मुलुकमा देखापरेको छ भने एक सय १७ जनाले ज्यान गुमाइसकेका छन् । सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोनाभाइसको संक्रमण भारतमा छ भने त्यसपछि पाकिस्तान, अफ्गानिस्तान र श्रीलंकामा देखिएको छ । नेपालमा ६ जनामा संक्रमण देखिएको छ भने एक जनाको उपचारपछि निको भइसकेको छ । भारतमा दुई हजार पाँच सय ४३ जनामा संक्रमण देखिँदा ७२ जनाको मृत्यु भएको छ । साथै भारतमा एक सय ९१ जनाको उपचारपछि भएको छ ।

पाकिस्तानमा दुई हजार चार सय २१ जनामा संक्रमण देखिँदा ३४ जनाले ज्यान गुमाएका छन् भने एक सय २५ जना उपचारपछि निको भएका छन् । अफ्गानिस्तानमा दुई सय ७२ जनामा संक्रमण देखिँदा ६ जनाको मृत्यु तथा १० जनाको उपचारपछि निको भएको छ । यस्तै श्रीलंकामा एक सय ५१ जनामा संक्रमण देखिँदा चार जनाको मृत्यु भएको छ भने २१ जना उपचारपछि निको भएका छन् ।

यस्तै बंगलादेशमा ५६ जना संक्रमित, ६ जनाको मृत्यु २५ जना उपचारपछि निको भएका छन् भने भुटानमा पाँच जनामा संक्रमण देखिएको छ भने एक जना उपचारपछि निको भएका छन् । यस्तै माल्दिभ्समा १९ जनाको कोरोनाभाइरस संक्रमण देखिएको छ भने १३ जना उपचारपछि निको भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस