तारा एयरले पुर्यायो सिमीकोटमा खाद्यान्न, हुम्लाका जनतालाई राहत !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र २१, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २१, काठमाडौं । हुम्लाको सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएपछि तारा एयरले विहीबारदेखि खाद्य सामग्री ढुवानी गरिरहेको छ । कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएको छ ।

नेपाल खाद्य संस्थानले खाद्यान्न सामग्री ढुवानी गरिदिन अनुरोध गरेपछि सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिई यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले चामल, नुन लगायतका खाद्य सामग्री हिजोबाट ढुवानी गरिरहेको छ । नेपाल खाद्य संस्थानले तोकेअनुरुप खाद्य सामग्री ढुवानी गर्ने तारा एयरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस