महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओले कोरोना कोषमा २ महिनाको तलब दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २१, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २१, काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले दुई महिनाको तलब योगदान गर्ने जनाएका छन् ।

प्रमुख कार्यकारी अधिकृत भट्टराईले दुई महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेको एक विज्ञप्ती जारी जनाएका छन् । विश्वव्यापी संकटको बेला नेपालीहरुको रक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने उनले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस