सालको काठ सहित धादिङ ज्वालामुखिबाट ट्रक नियन्त्रणमा, ट्रक चालक फरार !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ चैत्र २१, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २१, धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर १ बाट प्रहरीले सालको चिरान काठ बरामद गरेको छ । प्रहरी चौकी मैदीबाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँच गर्ने क्रममा बा ४ ख १७२७ नंम्बरको ट्रकमा अन्दाजी ६० क्यू फिट बराबरको ३७ वटा चिरान सालको काठसहित ट्रक नियन्त्रणमा लिईएको धादिङ प्रहरीले जनाएको छ ।

बरामद काठ र ट्रक डिभिजन वन कार्यालयमा बुझाएको समेत जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक फरार रहेकोले उनको खोजतलास कार्य भइरहेको प्रहरी प्रबक्ता तथा सुचना अधिकारी प्रनाउ रुपक खड्काले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस