बालसुधार गृहबाट बालबालिकाहरुलाई मुक्त गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २३, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २३, काठमाण्डौ । विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा अदालतको आदेशानुसार देशभरका विभिन्न बालसुधार गृहमा रहेका बालबालिका धमाधम छुट्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण बन्दीगृहमा नहोस् भनेर क्षेत्रमा नहोस् भनेर क्षमताभन्दा बढी बालबन्दी रहेको अवस्थामा कम सजाय बाँकी भएका र साना घटनामा रहेका बालबन्दीलाई छोड्ने सर्वोच्च अदालतको आदेशपछि विभिन्न जिल्लामा रहेका बालसुधार गृहबाट धमाधम बालबन्दी छुट्न थालेका हुन् । भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेप नेपालद्वारा सञ्चालनमा रहेका चारवटा बालसुधार गृहबाट अदालतको आदेशपछि एक सातायता १२५ जना बालबालिका छुटेका छन् । यसमध्ये भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट मात्रै ५४ जना बालबालिका छुटेका छन् ।
कुल ११० जनाको क्षमता रहेको यो बालसुधार गृहमा २६४ जना बालबालिका राखिएकामा अदालतको आदेशपछि ५४ जना बालबालिका छुटेको बालसुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिए । सानोठिमीस्थित बालसुधार गृहमा अझै कैद भुक्तान एवं थुनुवा गरी २१० जना बालबालिका रहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस