संसद् अधिवेशन : लकडाउन घोषणापछि अधिवेशन अन्त्य झनै अन्योल !

चैत्र २३, काठमाडौँ । अघिल्लो वर्ष संसद्को हिउँदे अधिवेशन चैत १० गते सकिएको थियो । तीन महिनामै अधिवेशन अन्त्य भए पनि यो वर्ष भने अधिवेशन अन्त्यको कुनै तयारी छैन । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेपछि अधिवेशन अन्त्य झनै अन्योलमा परेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्यको संवैधानिक व्यवस्था भए पनि संसद्सँग अहिलेसम्म कुनै परामर्श भएको छैन । अन्त्यअघि सामान्यतया अनौपचारिक परामर्श गर्ने प्रचलन छ । सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यबारे कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।

कोरोनाको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि सांसदहरूले अधिवेशन अन्त्यको मागसमेत गर्दै आएका थिए । फागुन अन्तिम साताबाटै अधिवेशन अन्त्यको माग भए पनि केही विधेयक र एमसीसी पारितका लागि बैठक लम्ब्याइएको थियो । तर, लकडाउनको अवस्थापछि बैठक बस्न नसकेको हो । लकडाउनको अवधिमा प्रतिनिधि सभाको बैठक तीन पटक सूचनाबाट पछि सारिएको छ । राष्ट्रिय सभा भने चैत ७ पछि अर्को सूचना जारी नभएसम्म स्थगित भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply